धादिङ । जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फ धादिङका सरण सामरी क्षेत्री र मनोज श्रेष्ठ सहभागी दुबै टिम फाईनल नजिक पुगेका छन् । सरण नेपालको राष्ट्रिय टिमका खेलाडी हुन् भने मनोजले पहिलो पटक यो ठुलो खेल खेल्ने अवसर पाएका हुन् ।
मनोज सहभागी टिपटप हेल्प नेपालले बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाईनल नजिक पुगेको हो भने सरण सामरी सहभागि विभागिय टिम आर्मीले एपीएफलाई हराउँदै फाईलन नजिक पुगेको हो । यो दुबै टिमले अब लिग चरणका २–२ खेल खेल्न बाँकी छ ।
हेल्प नेपाल ४ खेलमा ११ अंकका साथमा छ भने आर्मी पनि ४ खेलमा ११ अंकको साथ मै छ । यो दुबै अपराजित टिम हुन् । नेपाल एपिएफ क्लब ४ खेलमा ३ मा जित र १ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । नेपाल पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ चौथो स्थानमा छ ।
आर्मीले अव बिहीबार पुलिससँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनल लगभग पक्कापक्की हुनेछ । शुक्रबार आर्मीले टिप टप हेल्प नेपालसँग खेल्नेछ । यो हारले एपिएफलाई भने बाँकी दुबै खेलमा जितको आवश्यक पर्दछ । बिहीबार टिपटप हेल्प नेपाल र शुक्रबार नेपाल पुलिससँग खेल्नेछ ।
प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार छ ।