
धादिङ । नवौं उपत्यका व्यापी कराँतेमा तथा किक बक्सिङमा धादिङले ४ स्वर्ण, १ रजत र ४ कास्य पदक जितेको छ ।
धादिङका लागि मेडल जित्ने खेलाडीहरुमा सबै नीलकण्ठ नगरपालिकाका हुन् । धादिङ कराँते डोजोबाट खेल्दै आएका बिराज तामाङ ४० केजी, अशोक रिजाल ३५ केजी, स्वस्तिका लम्साल ६१ केजी र निशान घले ५० केजीले धादिङका लागि स्वर्ण पदक जितेका हुन् ।
यस्तै धादिङका लागि सुप्रिया तामाङ ३० केजीले रजत , उत्तम रिजाल ३० केजी, विनोद श्रेष्ठ ६० केजी स्नेह तामाङ ३५ केजी र सुसी तामाङ ४५ केजीले कास्य पदक पदक हात पारेको टिम कोच करण गुरुङले धादिङपोष्टलाई जानकारी दिए ।

गत साता मात्रै धादिङका लागि नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा करण गुरुङ र सुदिप श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका थिए ।