एएफसी यू-२० महिला एसियन कप छनोट अन्तरगत नेपालले आज म्यानमारविरुद्ध खेल्दै

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २३, २०८०

काठमाडौं । एएफसी यू(२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेल अन्तर्गत नेपालले आज घरेलु टोली म्यानमारविरुद्ध खेल्नेछ । नेपाली समय अनुसार साँझ ५;४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई छन् । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग हुनेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली
गोलरक्षक – कविता विक, लिला जोशी र सावित्री किसान
डिफेन्डर – सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर र कुमारी तामाङ
मिडफिल्डर – सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी
फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान