क्रिकेट अभ्यास खेलमा धादिङ सँग दोलखा पराजित

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ८, २०८०

धादिङ । दोश्रो बागमती प्रदेश खलकूद प्रतियोगिताको आईतबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भव्य समारोह बिच उद्घाटन गरे, सँगै प्रतियोगिताका खेलहरु आजबाट हुनेछन् ।

यहि खेलकुद प्रतियोगितामा क्रिकेटमा भाग लिने दुई टिम, धादिङ र दोलखाले आईतबार मुलपानी खेल मैदानमा मैत्री पूर्ण दुई अध्यास खेल खेलेका छन् । दुबै अभ्यास खेलमा धादिङ विजयी भयो । पहिलो खेलमा धादिङले दोलखालाई ३ वीकेटले पराजित गरेको थियो भने दोस्रा खेलमा १५ रनले पराजित गरेको थियो ।

प्रदेश स्तरीय प्रतियोगितामा धादिङले काभ्रे र काठमाडौं बीच जस्ले जित्छ त्यो टिम सँग जेष्ठ १० गते १२ः३० बजे खेल्ने छ भने दोलखाले जेष्ठ ९ गते बिहान ७ बजे रामेछाप सँग खेल्ने छ ।