
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका सँग भगिनी सम्बन्ध कायम भए सँगै जापान स्थित युशुहारा टाउनका मेयर आठ बुँदे सहमतिका लागि धादिङबेसी आईपुगेका छन् । संझौतामा हस्ताक्षर भोली हुने बताईएको छ ।
युशुहाराका मेयर सहित धादिङबेसी आईपुगेको जपानी टीमलाई नीलकण्ठ नगपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना, उप मेयर दिपक विश्वकर्मा लगायत नीलकण्ठ नगरपालिकाका जनप्रतिनीधि एवम कर्मचारीले स्वागत गरेका छन् ।
स्वागत कार्यक्रममा युशुहारा टाउनका मेयरले कोरोनाको कारण काम हुन सकेन अब नीलकण्ठले चाहेमा आफुहरु मिलेर काम गर्न तयार रहेको बताएका थिए भने नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले अहिले ८ बुँदे संझौता हुने छ । कृषि र आईटीमा उनीहरुले सहयोग गर्न चाहेका छन् यहि विषयमा केन्द्रित रहेर संझौता हुने मेयर ढुङ्गानाले बताए ।
जापानको इसुहाराबाट को को आईपुगे संझौताको लागि
Hisato Yoshida, Mayor, Yushuhara Town, Japan
Prof.Tadashi Hara, Kochi University, Japan
Niromiya Kenshi,Chif officer Yushuhara Town, Japan