पोखरामा सिद्धलेक ईकाईको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०८०

पोखरा । धादिङको सिद्धलेक घर भई पोखरामा विभिन्न पेशा व्यवसाय गर्नेहरुको साझा संस्था धादिङ(पोखरा सम्पर्क समाज सिद्धलेक गाउँपालिका ईकाईको १२ औं साधारणसभा, शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धलेक इकाईको साधारण सभा उद्घाटन तथा भित्तेपात्रो विमोचन सिद्धलेक गाउँपालिका १ का वडा अध्यक्ष पेमा लामाले गरेका थिए । कार्यक्रममा उनले पोखरामा रहेका धादिङवासीको सामाजिक क्रियाकलाप निकै सह्रानीय रहेको भन्दै दुःख सुखमा साथ दिन आफू तयार रहेको बताएका थिए ।

२०६८ सालमा स्थापित ईकाईले यस वर्ष पनि भित्तेपात्रो प्रकाशनलाई निरन्तरता दिएको छ । ईकाईका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ संयोजक, रामहरि न्यौपाने र केदार नेपाली सदस्य रहेको समितिले भित्तेपात्रो प्रकाशन गरेको थियो । ईकाईका अध्यक्ष सूर्यमान वाडा (चन्द्रमान) को अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वागत, सचिव भेषराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पाण्डे, पूर्व अध्यक्ष एवं ईकाईका सल्लाहकार बलराम खतिवडा, धादिङ समाजका वरिष्ठ उपाध्यक्ष एवं ईकाईका पूर्वअध्यक्ष सरस्वती श्रेष्ठ सरु, धादिङ-त्रिपुरा बाराही महिला समूहका अध्यक्ष बबीता मल्ल, ईकाईका पूर्वअध्यक्ष शम्भु अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।