धादिङको चरौंदीमा बैशाख १४ देखि औंद्योगिक मेला हुने

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०८०

धादिङ । जिल्ला होटल संघ धादिङको आयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा यहि बैशाख १४ देखि २४ गते सम्म बेनीघाट रोराङ ७ चरौंदी बजारमा दोस्रो औद्योगीक तथा पर्यटन महोत्सव हुने भएको छ ।

धादिङको तरकारी पकेट क्षेत्रको रुपमा लिईने चरौंदी बजारमा हुने यस मेलामा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुदर नागी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मुख्य आकर्षणहरु रहने बताईएको छ ।