धादिङमा माओवादी केन्द्र निकट महिलाहरु वडा देखि नै संगठित बन्दै

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २९, २०७९

धादिङ । माओवादी केन्द्र धादिङले पछिल्लो समय महिला र युवाहरुलाई वडा तहबाटै संगठित गर्न सुरु गरेको छ । यसबारे माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस) ले पार्टी बलियो बन्न जनबर्गिय संगठनहरु मजवुद हुनुपर्छ त्यसकारण जिल्लामा जनवर्गिय संगठहरुलाई पुन: एक्टिभ बनाउन थालिएको बताए ।

माओवादी केन्द्रले गल्छी गाउँपालिकाको वडा नम्बर १, ३ र ७ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को भेला गरि नयाँ नेतृत्व चयन गरेको छ । भेलाले वार्ड न १मा पशुपती आले मागर अध्यक्षको नेतृत्वमा ९सदस्यीय, ३ मा उर्मिला शाही रेग्मीको अध्यक्षतामा ९ सदस्यीय र ७ मा लक्ष्मी सुनारको अध्यक्ष अध्यक्ष्तामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

यस्तै नेपाल महिला संघ (क्रान्तिकारी) नीलकण्ठ २ को भेलाले दुर्गा श्रेष्ठ गुरुङ अध्यक्ष रहेको वडा कमिटी गठन भएको छ ।