रुबीभ्याली फेरि पनि आउने छु -केपी शर्माओली

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २६, २०७९

धादिङ । रुबीयालको बारेमा बताउँदै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माओलीले ०३० सालमा जेलमा रहँदा नै जेलमा भेटिएका धादिङका मान्छेहरु सँग बुझ्ने मौका मिलेको बताए । मिसन ग्रासरुट अभियान अन्तरगत हुने सर्तुङमा भएको एमाले धादिङको सभामा सम्बोधन गर्न पुगेका ओलीले रुबीभ्यालीको नाम सुनेको ५० वर्ष पछि बल्ल रुबीभ्याली आउने मौका मिलेको बताए ।

रुबीभ्यालीले विकासको गति लिई सकेको छ । रुबीभ्यलीको समृद्ध विकासमा एमाले प्रतिवद्ध रहेको उनले बताए । रुबीभ्याली पुग्नेबाटो पीच हुने कामको सुरुवात एमाले सरकारले नै सुरुगरि सकेको उनले दावी गरे । देश बनाउने पार्टी एमालेले गर्ने हो अरुले सक्दैन उनले भने ।

सेर्तुङ सभामा बागमती प्रदेशका पूर्वमन्त्रीहरु रामेश्वर फुयाँल, कैलास ढुँङ्गेल, केशव स्थापित, एमालेका जिल्ला नेताहरु, प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रमुख शनिबार साँझ नै सेर्तुङ पुगेका थिए ।