एकीकृत समाजवादीको अनेरास्ववियूले जित्यो धुनिबेसीको स्ववियु

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २४, २०७९

धादिङ । धादिङको धुनिवेशी आर्दश क्याम्पसको आज सम्पन्न स्ववियु निर्वाचमा सभापति एकीकृत समाजवादी पार्टीको अनेरास्ववियूले जितेको छ । नेवि संघ सँग गठबन्धन गर्दै एकीकृत समाजवादी नीकट अनेरास्ववियूले एमालेको अनेरास्ववियु र माओवादीको अखिल (क्रान्तिकारी) को गठबन्धनलाई पाजित गरेको हो ।

आज सम्पनन्न उक्त निर्वाचनमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसङ्घको संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार रोशन नेपालले ८७ मत ल्याई विजयी हुँदा प्रतिद्वन्दी एमाले निकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को सयुक्त प्यानलबाट अनेरास्ववियुका सिर्जना केसीले ६२ मत ल्याएका थिए । यस्तै नेवि संघबाट रञ्जिता बस्नेत सचिव, रश्मि राई कोषाध्यक्ष, रेजिना मिश्र र दिपेश तामाङ सदस्य पदका विजयी भएका छन भने अनेरास्ववियूबाट सदस्यमा सुनिता विशुंखे विजयी भए ।

धादिङमा ८ वटा क्याम्पसमा स्ववियु चुनाव सम्पन्न हुँदा माओवादीको अखिल क्रान्तिकारीले ५ वटा, नेवि संघ, अनेरास्ववियु, अनेरास्ववियूले १-१ वटा जितेका छन् ।