लापामा सहिद रेजिनाको शालिक बन्दै

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ८, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका स्थित लापा सर्चोमा जनयुद्धको सहिद रिता श्रेष्ठ (रेजिना) को स्मृतिमा शालिक निमार्णको काम सुरुभएको छ । गाउँपालिकाले सहिद रेजिनको शालिक निमार्णको लागि १५ लाख विनियोज गरे सँगै शालिक निमार्णको काम सुरुभएको हो ।

नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाँकोट गुठ गाउँ निवासी रेजिनालाई पार्टी कामको सिलसिलामा लापा कपुरबस्ती जाने क्रममा २०५९ साल भदौ १ गते तात्कालिन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।