शिक्षक संघ धादिङको चुनाव सुरु हुँदै, अध्यक्षमा शिवहरि र देवीप्रसाद भिड्दै

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ४, २०७९

धादिङ । नेपाल शिक्षक धादिङको नवौं जिल्ला अधिवेशन फागुन १९ गते उद्घाटन भएर सर्वसम्मत कार्यसमिति गठन गर्न चैत्र १ गते सम्म समय दिईएकोमा सर्वसम्मत नभएका पदहरुमा आज बिहान ८ बजे देखि मतदान हुँदै छ ।

सर्वसम्मत हुन नसकेको अध्यक्ष १, सचिव १, सचिव अर्थ १, सहसचिव खुल्ला १ संघीय प्रतिनीधि खुल्ला ५ र प्रदेश प्रतिनीधि खुल्ला ५ पदमा आज निर्वाचन हुनलागेको शिक्षक संघ धादिङले जनाएको छ ।

आज हुने निर्वाचनमा प्यानल नदेखिएपनि भित्रभित्रै प्यानलका रुपमा उम्मेदवारहरु देखिएका छन् । अध्यक्षका उम्मेदवार शिवहरि अधिकारी संस्थापन पक्ष भिम ढुङ्गाना निकटका उम्मेदवार हुन् भने संस्थापन इतर रामनाथ अधिकारी नीकट हुन् । सारमा शिक्षक संघ धादिङको चुनाव भिम ढुङ्गाना र रामनाथ अधिकारी दुई प्यानलका रुपमा हुने बताईएको छ । सचिव अर्थका लागि चिरञ्जीवी अधिकारी र ललितमान गुरुङ बीच र सह सचिव खुल्ला १ पदका लागि नवराज सापकोटा, हरिप्रसाद अधिकारी, किशान श्रेष्ठ र मनोज कार्की बीच प्रतिपर्धा हुने भएको छ ।

यस्तै संघीय प्रतिनीधि खुल्ला तर्फ ५ जनाका लागि दीपक सिंखडा, विष्णु अधिकारी, राजेन्द्रप्रसाद दाहाल, तुलसी अधिकारी, जगन्नाथ लम्साल, गकुल गिरी, शेरमान श्रेष्ठ र लक्ष्मी लक्ष्मी प्रसाद आचार्य चुनावी मैदानमा छन् । त्यसैगरी प्रदेश प्रतिनीधि खुल्ला ५ जनाका लागि रामबहादुर कार्की, लालबहादुर विक, विष्णु प्रसाद रिमाल, टिकारम वस्ताकोटी, रामकाजी अधिकारी, मानबहादुर श्रेष्ठ र डम्बर बहादुर श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ ।