मुस्ताङमा अपरिचित शव भेटियो, धादिङको मान्छे हुन सक्ने आशङ्का

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३, २०७९

धादिङ । मुस्ताङमा अपरिचित शव फेला परेको र उक्त शव धादिङको मान्छे हुन सक्ने अनुमान गरिएको धादिङ-पोखरा समाजका पूर्व अध्यक्ष कृष्ण लम्सालले धादिङपोष्टलाई बताए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ काली गण्डकी नदीको किनारमा चैत्र १ गते अन्दाजी ३८ वर्षिय मृत अवस्थामा लास फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अपरिचित व्यक्तिको शव भेटियो भनेर फोटो सार्वजनिक गरे सँगै उक्त व्यक्ति धादिङ घरभई पोखरा बस्ने गरेको बोल्न नसक्ने भएको जानकारी आफुलाई आएकोले उक्त व्यक्तिको पहिचानको लागि उनले आव्हान गरे ।

अहिले शव मुस्ताङ जिल्लामा राखिएको प्रहरीले जनाएको छ ।