नीलकण्ठ क्याम्पसका श्रीकृष्ण भन्छन्, याथास्थिति तोड्न क्रान्तिकारीलाई भोट

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ३, २०७९

धादिङ । धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा पढ्ने जो कोही पनि नेवि संघ नै बन्नु पर्ने नबने चुप बस्नु पर्ने परम्परा अखिल क्रान्तिकारीले तोडी सकेको छ । यो स्ववियु निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने क्रान्तिकारीका श्रीकृष्ण रिजालको दावी छ ।

अखिल (क्रान्तिकारी) बाट स्ववियुको अध्यक्षमा उम्मेदवारी दिएका उनले आफ्नो चुनावी प्रतिस्पर्धी नेवि संघ नै भएको र यो पटक यथास्थितिलाई अत्य गर्दै विद्यार्थीको हक अधिकार सुनिश्चितका लागि अखिल क्रान्तिकारीले जित्ने उनको दावी छ ।

१ हजार ०८० भोटर संख्या रहेको नीलकण्ठ बहुमुखी क्याम्पस धादिङबेसीको चुनाव चैत ५ गते हुने भनिए पनि चैत ८ गतेलाई सरेको छ । अहिले घोषणा पत्र लेख्दै छौं, सबै विद्यार्थीहरुलाई क्रमभंग गर्ने दिन चुनाव भएकोले अबको भोट यथास्थितिवादीलाई हैन परिवर्तनका लागि क्रान्तिकारीलाई जिताऔं अभियान चलाई रहेको रिजालले बताए ।

नीलकण्ठको स्ववियु निर्वाचनको लागि क्रान्तिकारीले अध्यक्षमा श्रीकृष्ण रिजाल, सचिवमा रुपा थापा, कोषाध्यक्षमा ज्वाला नेपाल र सदस्यमा जिना घले, अनिता सुनार, अनिता बास्कोटा, जगमायाँ गुरुङ, नविन ढकाल र संगित तामाङलाई उठाएको छ ।