धादिङ । मिसन ग्रासरुट अभियान अन्तरगत धादिङ जिल्लाका विभिन्न वडाहरुमा एमालेले विस्तारित बैठकहरु संचालन गरिरहेको छ। शुक्रबार धादिङको विभिन्न वडामा विस्तारित बैठकहरु भएको जनाएको छ ।
गंगाजमुना गाउँपालिका
मिसन ग्रासरुट अभियान अन्तरगत गंगाजमुना गाउँपालिका वडा नम्बर १ को ताजिम्राङमा शुक्रबार पार्टीको वडा स्तरीय विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पनन वडा स्तरीय बिस्तारित बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्य ध्रुब विक, नेकपा एमाले जिल्ला कमिटि सचिव अर्जुन श्रेष्ठ, जिल्ला कमिटि सदस्य बलबहादुर अधिकारी, बाबुराम न्यौपाने, गंगाजमुना गाउँपालिका कमिटिका अध्यक्ष भक्तबहादुर लामीछानेले सम्बोधन गर्दै पार्टी निर्माणको वृहत अभियानमा सहभागि हुन पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा वडा कमिटि बैठक तथा कार्यकर्ता भेला शुक्रबार सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य कैलास ढुंगेलले सामाविक, र राजनितिक विकासका लागि एमाले चाहिने भएकोले एमाले जनतासंग आएको बताएका थिए।
नेत्रावती डबजोङ गाउँपालिका
नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ सेल्लेमा टोलभेला सम्पन्न भएको छ ।
नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य रमेश आचायको उपस्थिीतिमा भएको टोलभेलाले टोल कमिटि गठन गरेको छ ।
यो समाचार हामीले एमाले धादिङको सौर्य बुलेटिनबाट प्राप्त गरेका हौं ।