विश्वकप छनोटमा पुग्न नेपालले आज युएईलाई जित्नै पर्ने

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र २, २०७९

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ । यहि त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रुपमा पराजित गरेको थियो । नेपाल आज पनि सोहि लय दोहोर्याउने लक्ष्यमा रहेको छ । नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।

लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ । यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ । लिग टू मा स्कटल्याण्ड शिर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् ।

अब शिर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ । आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहान्छ । यदी आजको खेलमा परजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ । नेपाल र युएईबीच हालसम्म १२ ओडिआई खेल भएकोछ । जसमा समान ६ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा युएईलाई हराएको छ । लिग २ मा पाँच खेल हुँदा युएई ३ र नेपाल २ खेलमा विजयी भएका छन् ।

पालले घरेलु मैदानमा खेलेका पछिल्ला १० खेल मध्य ९ खेलमा जितेको छ । पछिल्ला ९ ओडिआई खेलमा नेपाल टियु मैदानमा पराजित भएको छैन । नेपाल पछिल्लो पटक गत नोभेम्बरमा युएईसँग पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । त्यसपछि उत्कृष्ट पूनरागमनका साथ दुई खेल जितेको थियो । नामिबिया र स्कटल्यान्डसँग चारै खेल जितेको थियो । पपुवा न्युगिनीलाई दुवै खेलमा हराउँदा युएईलाई एक खेलमा हराई सकेको छ । घरेलु टोली नेपाललाई हराउन सहज देखिदैन ।