धादिङका अधिकारी र अर्घाखाँचीका पाण्डे मध्य को बन्ला एअनेशिस अध्यक्ष

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १, २०७९

धादिङ । सुदृढ संगठन, पेशागत समस्या समाधान र व्यवस्थित केन्द्रिय कार्यालयको भवन निमार्णलाई आफ्नो मुद्धा बनाई एक कार्यकाल व्यतित गरेका धादिङका शंकर अधिकारी पुन: एक कार्यकाल केन्द्रिय अध्यक्ष बन्ने लाईनमा छन् भने यसअघि उपाध्यक्ष रहेका अर्घाखाँचीका मानबहादुर पाण्डेले पनि अध्यक्षको दावेदारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

फागुन २९ गते एक विशेष समारोहका बीच प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय अधिवेशनले आज नयाँ कार्यसमिति चयन गर्दै छ । आजै नयाँ कार्यसमिति घोषणा गर्ने भनिएपनि केन्द्रिय अध्यक्षमा अझै कुरा मिलि नसकेको अधिवेशनमा सहभागिहरुले बताएका छन् ।

केन्द्रिय कार्यलय भवन निमार्णको मुद्धाले यस अधिवेशनमा स्थान पाउँदा बागमती प्रदेशबाट मात्रै यो अधिवेशनको अवधीमा भवनका लागि २८ लाख संकलन भएको बताईएको छ जसमा धादिङबाट ३ लाख २२ हजार ९०६ रुपैया संकलन भएको जनाईएको छ ।