एमाले धादिङको मिसन ग्रासरुट अभियान जारी, यी ठाउँमा भए आज कार्यक्रम

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३०, २०७९

धादिङ । मिसन ग्रासरुट अभियान अन्तरगत धादिङ जिल्लाका विभिन्न वडाहरुमा विस्तारित बैठकहरु संचालन भइरहेको र मंगलबार धादिङका विभिन्न वडामा विस्तारित बैठकहरु भएको नेकपा एमाले धादिङले जनाएको छ । एमाले धादिङको मुखपत्र इसौर्यले जनाए अनुसार धादिङमा आज यी कार्यक्रहरु सम्पन्न भए ।

गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिका वडा नम्बर ४ सातदोबाटोमा वडा स्तरीय पार्टीको विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा वडा स्तरीय विस्तारित बैठक भएको नेकपा एमाले गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामीछानेले बताए ।
विस्तारित बैठक तथा भेलालाई नेकपा एमाले प्रदेश कमिटि सदस्य ध्रुब विक, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष धनबहादुर घले, सचिव अर्जुन श्रेष्ठ, गंगाजमुना गाउँपालिका कमिटिका अध्यक्ष भक्तबहादुर लामीछानेले सम्बोधन गर्दै पार्टी निर्माणको वृहत अभियानमा सहभागि हुन पार्टी कार्यकर्ताहरुलाई गरेका थिए ।
नेकपा एमाले सरकारले गरेका विकासका कार्यक्रमहरुले एमालेको पार्टीबारे बुझ्न सजिलो हुने बताउँदै युवालाई रोजगार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, सबै वडामा स्वास्थ्यचौकी, सबै पालिकामा अस्पतालको अवधारणामा विकासका काम एमालेले गरेकोकेन्द्रीय सदस्य श्रेष्ठले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै बताए । टोल कमिटि गठन गर्ने, वडा स्तरमा किसान, विद्यार्थी, युवा लगायतको जनसंगठन निर्माण गर्ने, पार्टी सदस्यता नविकरण तथा नयाँ वितरणका लागि विस्तारित बैठकले कार्ययोजना बनाएको छ ।

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा कमिटि बैठक तथा कार्यकर्ता भेला खाल्टेको पात्लेमा मंगलबार सम्पन्न भएको छ । भेलालाई नेकपा एमाले केन्द्रीय सदस्य कैलास ढुंगेलले सम्बोध गर्दै एमालेले मात्र विकास र समृद्धिको सपना पुरा गर्ने भएकोले एमालेमा जनतालाई गोलबन्द गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
निर्वाचनको समयमा टिकट पाइयो वा पाइएन भनेर नभइ जनताको कामगर्नका लागि एमालेमा लाग्न आग्रह गरे। वडा स्तरीय बैठकलाई नेकपा एमाले प्रदेश कमिटि सदस्य नरेश खतिवडा, नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटा, लगायतले सम्बोधन गर्दै टोलटोलमा पार्टी निर्माणका लागि लाग्न आग्रह गरेका थिए ।
पार्टी सदस्यहरुको टोलटोलमा पुगेर कमिटि गठन गर्ने, महिला, युवा, विद्यार्थी किसानसंगठनहरु निर्माण गर्ने लगायतका कार्यक्रम गर्ने योजना वडा स्तरीय बैठकले निर्णय गरेको छ ।

धुनीबेसी नगरपालिका
धुनीबेसी नगरपालिका वडा नम्बर ८ को बैठक खानीखोलामा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य बाबुराम थापाको प्रमुख आतिथ्यमा सम्पन्न वडा कमिटि बैठकलाई बागमति प्रदेश कमिटि सदस्य डा। रामकुमार अधिकारी, जिल्ला कमिटि सदस्य गोबिन्द कँडेल, सुरेश आचार्य, मन्दिरा श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए। वडाको जनसंगठन निर्माण तथा पुनरगठन, सबै टोल कमिटि गठन, सदस्यता विस्तार, पार्टी छाडेकालाई पार्टीमा फर्काउने र अन्यलाई पार्टीमा भित्रयाउनेबारे रणनितिक योजना बनाइएको धुनीबेसीबाट मन्दीरा श्रेष्ठले बताईन् ।
यसैगरि अनेमसंघ धुनीबेसी वडा नम्बर ९ को बैठक सम्पन्न भएको छ । अनेमसंघ वडा कमिटि अध्यक्ष सृजना गुरुङको अध्यक्षतामा भएको बैठकको नेकपा एमाले जिल्ला कमिटि सदस्य मन्दीरा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । बैठकले अनेमसंघलाई सकृय बनाउने र महिला अधिकारका लागि कृशिल बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

सिद्धलेक गाउँपालिका
नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को पिपलटारमा वडा स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य विन्दा ढुंगानाको प्रमुख आतिथ्यमा सप्न्न कायृक्रममा प्रदेश कमिटि सदस्य बाबुकृष्ण श्रेष्ठ, जिल्ला कमिटि सदस्य रामकुमार आचार्य लगायतले पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए । स्थानीय स्तरमा टोलबस्ती स्तरीय कमिटि निर्माण, पार्टी सदस्यता वितारका सम्बन्धमा छलफल गरि कार्ययोजना समेत निर्माण भएको गाउँपालिका कमिटि सचिव रामहरी बराकोटीले बताए ।

गजुरी गाउँपालिका
नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत गजुरी गाउँपालिका वडा नम्बर ३ बस्नेत टोलमा टोल स्तरीय भेला मंगलबार सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य केशव स्थापितको प्रमुख आतिथ्यमा सम्पन्न टोल भेलामा समुदायका पार्टी सदस्य तथा समर्थकहरुले एमालेले लिएको निति अनुसार गाउस्तरसम्म कार्यक्रम ल्याउन आग्रह गरे । भेलालाई नेकपा एमाले केन्द्रीय सदस्य स्थापित, नेकपा एमाले जिल्ला कमिटि सदस्य राजेन्द्र विक्रम बस्नेत लगायतले सम्बोधन गर्दै एमाले जनतासंग रहेको बताएका थिए । फोटो भुवन भण्डारी