धादिङबेसीमा चैत २२ देखि मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता हुने

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २८, २०७९

धादिङ । नीलकण्ठ नगरपालिकाले चैत २२ गते देखि जिल्ला ब्याडमिन्टन संघ धादिङको व्यवस्थापन तथा नेपाल ब्याडमिन्टन संघ काठमाडौंकाे प्राविधिक सहयाेगमा राष्ट्रिय तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियाेगिता गर्ने भएकाे छ ।

प्रतियाेगितामा राष्ट्रिय पुरुष सिंगल तर्फ प्रथम ५१ हजार, दितिय ३४ हजार र तृतीय २० हजार, राष्ट्रिय महिला सिंगल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय यु १७ पुरुष सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, राष्ट्रिय यु १७ महिला सिंगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतीय १२ हजार, महिला डवल (टप २० भन्दा बाहेक) प्रथम ४० हजार, दितिय २५ हजार र तृतीय १८ हजार पुरस्कार रहने बताईएकाे छ ।

यस्तै राष्ट्रिय पुरुष डवल ४५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय पुरुष डवल ५५ प्लस तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, राष्ट्रिय तर्फ खुल्ला निर्वाचित जनप्रतिनिधि स्तरीय पुरुष डवल तर्फ प्रथम ३५ हजार, दितिय २२ हजार र तृतीय १५ हजार, जिल्ला स्तरीय पुरुष डवल बी लेवल, राष्ट्रिय पुरुष तर्फ प्रथम ३० हजार, दितिय २० हजार र तृतीय १५ हजार पुरस्कार रहेकाे आयाेजकले जनाएकाे छ ।