धादिङ । आशन्न स्ववियु निर्वाचनका लागि धादिङको चन्द्राेदय बहुमुखी क्याम्पस र जय वागेश्वरी क्याम्पस मलेखुकाे स्ववियु चुनावका लागि एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघ बीच तालमेल भएकाे छ ।
बागेश्वरी मलेखुकाे सभापति अनेरास्ववियुले र चन्द्राेदयकाे सभापति नेविसंघले लिने गरि तालमेल गरेका हुन् । नेवि संघ का जिल्ला अध्यक्ष सुदिप गाैलीले धादिङपाेष्ट सँग कुरा गर्दै भने स्थानीय स्तरमा जाे सँग मिल्ला आफुलाई फाईदा हुन्छ तेहि गर्न निर्देशन भयाे । तेहि अनुसार गठबन्धन बनेकाे हाे सुरुमा क्रान्तिकारी सँग बस्याै, चन्द्राेदय कुनै पनि हालतमा नछाेड्ने भयपछि गठबन्धन फरक बनेकाे उनले बताए । गत स्ववियु निर्वाचनमा चन्द्राेदय नेवि संघ र क्रान्तिकारी बीच तालमेल हुँदा सभापति नेवि संघले लिएकाे थियाे ।