नेपालले आज पपुवा न्युगिनी बिरुद्ध खेल्दै

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २५, २०७९

काठमाडौं । आईसीसी वल्र्डकप क्रिकेट लिग डिभिजन २ अन्तर्गत अन्तिम श्रृखलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी बिरुद्ध खेल्दैछ । घरेलु मैदान कीर्तिपुरमा बिहान ९ बजे पछि हुने खेलमा जीतको रणनीतिका साथ नेपाली टोली मैदानमा उत्रनेछ ।

नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ कका साथ पाँचौं स्थानमा छ । लिग-२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् ।

नेपालले सबै खेल जितेको खण्डमा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ । नेपाल एक खेलमा पराजित भएमा भने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपालको मनोबल उच्च छ । सोझै ओडिआई मान्यता जोगाउन नेपालले चार मध्य दुई खेल जित्नुपर्ने हुन्छ । नेपाल पपुवा न्युगिनीमाथि सानदार जितका साथ ओडिआई मान्यता एक जित टाढा बनाउन चाहन्छ ।