धादिङमा राष्ट्रपति रनिङ शिल्ड जारी, नीलकण्ठको अग्रता

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २४, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा गलौंदी खेल मैदानमा १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । धादिङका १३ वटा स्थानीय तहमध्य ११ वटास्थानीय तहले भाग लिएको यस प्रतियोगिताको दोस्रो दिन सम्म आईपुग्दा ५ स्वर्ण सहित नीलकण्ठ नगरपालिका अग्र स्थानमा देखिएको छ । यस्तै बेनीघाट राेराङ ४ स्वर्ण सहित दाेस्रो स्थानमा र धुनीबेसी ३ स्वर्ण सहित तृतीय स्थानमा छ ।

१८ वर्ष सम्मका छात्र/छात्रा विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगितामा धादिङका १३ मध्य ११ वटा पालिकाले भाग लिएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसुका खेलहरु समावेस छन् । जिल्लाबाट छनोट भएकमा खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् ।

मंगलबार एक विशेष समारोहका बीच मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार भोली बिहिबार दिउँसो ३ बजे समापन कार्यक्रम हुने छ ।