मलेखु स्थित भद्रकालीको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २३, २०७९

निर्मल नारायण
धादिङ ।
भद्रकाली सामुदायिक विकास समाज, गजुरी २ मलेखु, धादिङको २२ औ साधारणसभा भद्रकाली जेष्ठ नागरिक आश्रमको सभा हलमा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अथिती गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले शुभकामना मन्तव्य राख्दै विभिन्न गतिविधिका साथ जेष्ठ नागरिक आश्रम संचालन भैरहदा पालिकाले सहयोग गर्न नसकेकोमा लज्जित भएको बताउदै आउँदा दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

गजुरी गाउँ पालिकाका वडा नम्बर २ का अध्यक्ष तथा बिशेष अतिथी द्रोण कडेलले संस्थाको गतिविधि हेर्दा यस संस्थाका पदाधिकारीहरु बधाईका रहेको बताउँदै भद्रकाली सामुदायिक बिकास समाजले गर्दै आएको बजार ब्यबस्थापनको अब स्थानीय सरकारले गर्ने र त्यसका लागि डिपिआर तयार भैसकेको छ बताएका थिए

बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एकराज पान्डेले बिगतमा भए गरेका कामको मुल्यांकन गर्दै समाजसेवा गर्न खोज्ने सदस्यहरु एक भएर लाग्नु पर्ने बताए । संस्थाको गतिविधि र भावी योजना तथा कार्यक्रम सुनाउदै सचिब भुमी कडेलले आर्थिक अभावको कारण संचालन गर्न गाह्रो परेकोले जेष्ठ नागरिक सेवा आश्रम संचालन गर्न स्थानीय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए।

भद्रकाली मन्दिर व्यबस्थापन समितिका अध्यक्ष चित्र सुनारी मगरले स्वागत तथा शुभकामना मन्तव्य राख्दै धार्मिक पर्यटनको बिकास गर्न तीन गाउँ पालिकालाई जोड्न त्रीवेणी धाम जोडिनु पर्ने आवश्यकता औल्याउँदै मलेखुको माछा व्यावसाय बिस्थापित हुँदै गएकोले मलेखुको होटल व्याबसायको प्रबर्द्धन गर्न नयाँ योजना ल्याउनु पर्ने बताए ।

स्वागत मन्तव्य राख्दै उपाध्यक्ष राजेन्द्र कडेलले विभिन्न समस्याको समाधानको उपाय खोज्नु पर्नुको साथै घाटको बिकास र व्यबस्थित गर्न ध्यानाकर्षण गराएका थिए । कार्यक्रमको समापनमा सभापति तथा भद्रकाली सामुदायिक बिकास समाजका अध्यक्ष एकराज पान्डेले सभा सफल बनाउनु हुने सबैलाई धन्यवाद दिदै जेष्ठ नागरिक आश्रम संचालन तथा मलेखु बजार रिङ्ग रोडको रुपमा बिकास गर्न, बलि घर मर्मतका लागि ध्यानाकर्षण गराएका थिए ।