पात्लेको दिन रात कप, बिहानीले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २३, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा फागुन १५ गते देखि जारी प्रथम दिन रात कप फुटबल प्रतियोगिताको उपाधी बिहानी युवा क्लव बमछापले जितेको छ ।

दिन रात संघको आयोजनामा भएको यस प्रतियोगिताको सोमबार सम्पन्न फाईनलमा कुपा युवा समाजलाई पराजित गर्दै बिहानीले उपाधी रक्षा गर्न सफल भएको हो । यो सँगै बिहानीले ५० हजार हजार, यप विजेता कुपाले ३० हजार र सेमिफाईनलमा रोकिएको जन आवाज माने र चिसापानीले ५–५ हजार प्राप्त गरेका छन् ।

“खेलाडी जीवन स्वस्थ जीवन ” मुख्य नारा का साथ भएको उक्त प्रतियोगितामा १९ टिमले सहभागिता थिए । प्रतियोगिताको पुस्कार वितरण तथा समापन कार्यक्रममा एन्फा धादिङका उपाध्यक्ष सुरेश तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।