धादिङबेसी र मलेखुमा आज होली विशेष कार्यक्रम हुने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २२, २०७९

धादिङ । धादिङबेसी स्थित क्रिक रिसोर्टमा र मलेखुमा आज फागु पुर्णिमा विशेष कार्यक्रम हुने भएको छ । क्रिक रिसोर्टमा कन्सर्ट हुने र उक्त होली विशेष कन्सर्टका लागि २०० को टिकट तोकिएको छ भने मलेखुमा हुने कार्यक्रम खुल्ला र नि:शुल्क हो ।

मलेखुमा हुने होली हंगामा कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने बताईएको छ । धुमधाम रुपमा होली कार्यक्रमको तयारी भैहेको बेला प्रहरीले भने होली पर्व सभ्य र मर्यादित भएर मनाउन आव्हान गरेको छ । मदिरा सेवन गरेको, इच्छा विपरित रंगहरु दल्ने, लोला हान्ने कार्यभए ठाउँका ठाउँ प्रहरीले गिरफ्तार गर्न सक्ने जनाएको छ ।