धादिङ । माओवादी केन्द्र धादिङले आज एकै दिन धादिङका ११ वटा पालिकाहरुमा “दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान” उद्घाटन गरेको छ । बेनीघाट रोराङ र नेत्रावती डवजोङ गाउँपालिका बाहेकका सबै पालिकाहरुमा “दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान” उद्घाटन भएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले बताए ।
जिल्ला संयोजक भण्डारीका अनुसार आज अभियान उद्घाटन गर्न नीलकण्ठ नगरपालिकामा शालिकराम जमकट्टेललाई, त्रिपुरासुन्दरीमा पुष्प विक्रम मल्ललाई, खनियाबासमा रामबहादुर भण्डारीलाई, रुबीभ्यालीमा दिपक लामिछाने सुवोधलाई, सिद्धलेकमा राजन रेग्मीलाई, थाक्रेमा चन्द्रबहादुर सिलवाल मिलनलाई, गंगाजमुनामा नवराज अधिकारीलाई, गजुरीमा हरि डल्लाकोटीलाई, ज्वालामुखीमा दिपक विश्वकर्मालाई, गल्छीमा नारायण लामिछानेलाई र धुनीबेसी नगरपालिकामा सरला धमलालाई अभियानको उद्घाटन गर्ने जिम्मा दिईएको थियो ।
फागुन ११ गते औपचारीक कार्यक्रमका बीच केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटा धादिङमा “दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान” उद्घाटन गरे सँगै पालिका स्तरको अभियान आजबाट सुरुभएको संयोजक भण्डारीले बताए ।