धुवाँकोटमा मुख्यमन्त्रीद्वारा सहिद हस्त बहादुर गुरुङको शालिक अनावरण

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २०, २०७९

धादिङ । माओवादी जनयुद्धका सहिद हस्त बहादुर गुरुङ (जीवन) को शालिक बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अनावरण गरेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित भँगेरीस्थान धुवाकोटमा निर्मित सहिद हस्त बहादुर गुरुङ शालिक एक विशेष समारोहका बीच मुख्यमन्त्री जम्कट्टेलले अनावरण गरेका हुन् ।

नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा निर्मित त उक्त साहिक अनावरण कार्यक्रममा माओवादी केन्द्र धादिङका संयोजक मजराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा लगायतका माओवादी नेताहरुको आतिथ्यता रहेको थियो ।

जनयुद्धका सहिद हस्तबहादुर गुरुङको संक्षिप्त जीवनी
जन्म मितिः २०२४।०४।२१
सहादत मितिः २०५९ साल श्रावण २० गते
घटना स्थानः नीलकण्ठ नपा, साङकोष, जुम्रेभञ्ज्याङ
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाँकोट, खरबारीमा बाबा जितबहादुर गुरुङ र आमा बिबामायाँ गुरुङको दश सन्तानमध्ये छैटौं सन्तानको रूपमा वि.स. २०२४ साल श्रावण २१ गते हस्तबहादुर गुरुङ (जीवन) को जन्म भएकोे थियो । मध्यम किसान परिवारमा जन्मेका जीवनले कक्षा ७ सम्मको पढाई सरस्वती माध्यमिक विद्यालय, धुवाँकोटबाट र १० कक्षासम्मको अध्ययन धादिङबेँसी स्थित नीलकण्ठ मा.वि. बाट पूरा गर्नुभयो । नीलकण्ठ मा.वि.मा अध्ययन गर्दा नै अखिल छैटौँमा आवद्ध भएका जीवन सांगठनिक गतिविधिमा नेतृत्वदायी भूमिकामा हुनु हुन्थ्यो । २०४५ सालमा नीलकण्ठ मा.वि.मा गठित अखिल छैटौँ इकाइ कमिटीका कोषाध्यक्ष रहेका जीवन अध्ययनपछि विभिन्न सामाजिक गतिविधिहरुमा सरिक हुन थाल्नु भयो । नुवाकोट तारुका कौटिनीकी सम्झना गुरुङसँग वैवाहिक सम्बन्धमा बाँधिनु भएका जीवनका एक छोरा अर्जुन गुरुङ र छोरीहरु अञ्जु गुरुङ र सुकुमाया गुरुङ हुनु हुन्छ । उहाँले धुवाँकोटमा गठित हिमचुली युवा क्लवको संस्थापक सदस्य, रेडक्रस सोसाइटी धुवाँकोट उपशाखाका सदस्य, धुवाँकोट काउले पात्ले वन उपभोक्ता समितिको संस्थापक सचिव, गाउँको खानेपानी योजनाको पहलकर्ता जस्ता नेतृत्वदायी पदमा बसेर सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । वि.स. २०५३ मा ने.क.पा.माओवादीको पार्टी सदस्यता प्राप्त गर्नुभएका जिवन २०५५ साल श्रावण १७ गते देखि जनयुद्धमा भूमिगत हुनु भएको थियो । पूर्णकालिन भएको सुरुदेखि नै उहाँले फौजी जिम्मेवारी सम्हाल्नु भयो र थुप्रै फौजी कारबाहीहरू सफलतापूर्वक सम्पन्न गर्नुभयो । पार्र्टीको इलाका सदस्यदेखि जिल्ला सदस्यसम्मको जिम्मेवारी पाएका जीवनले फौजी कार्यकुशलता प्रदर्शन गर्दै गोरखा ताकुकोट, नवलपरासीको दुम्कीबास, नुवाकोटको सामरी, तारुका, धादिङको दार्खा, मैदी, स्याङजाको सदरमुकाम खाल्टे काउलेको एम्बुस जस्ता थुप्रै कार्बाहीहरुलाई विजयमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । पार्टी कामकोे शिलसिलामा कटुन्जेको भोटेपँधेरोमा शाही सेनाका सुराकीसँग भनाभन र हात हालाहाल भयो, उहाँलाई गिरफ्तार गरी लगियो र चरम यातना दिँदै साङकोसको जुम्रेभन्ज्याङसम्म घिसारेर लगी निर्ममतापूर्वक शाही सेनाले हत्या गरेको थियो ।