धादिङ । माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङले जनसम्बन्ध सुदृढ अभियान उद्घाटन गर्न केन्द्र देखि जिल्ला सम्मका नेतालाई पालिका पालिकामा पठाएको छ ।
फागुन ११ गते औपचारीक कार्यक्रमका बीच केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटा धादिङमा “दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढ अभियान” उद्घाटन गरी पालिका पालिकामा उद्घाटन गर्न नेता खटाउन निर्देशन दिए सँगै धादिङका पालिकाहरुमा उक्त २ महिने अभियान उद्घाटन गर्न नेताहरुलाई खटाईएको हो ।
फागुन २० गते जिल्लाका सबै पालिकाहरुमा एक साथ अभियान उद्घाटन गर्ने तयारी भएपनि केहि पालिकाहरुमा भौगोलिक विटता एवम् प्राविधिकारणले १–२ दिन ढिला हुने भएपनि अधिकांस पालिकामा २० गते नै अभियान उद्घाट हुने जिल्ला संयोजक मनराज भण्डारीले धादिङपोष्टलाई बताए ।
कुन नेताले कुन पालिकामा उद्घाटन गर्दै अभियान
नीलकण्ठ नगरपालिका –शालिकराम जमकट्टेल
त्रिपुरासुन्दरी गा.पा. –पुष्प विक्रम मल्ल
खनियाबास गा.पा. –रामबहादुर भण्डारी
बेनीघाट रोराङ गा.पा., –कृष्णबहादुर थपलिया विवेक
रुबीभ्याली गा.पा., –दिपक लामिछाने सुवोध
सिद्धलेक गा.पा., –राजन रेग्मी
थाक्रे गा.पा., –चन्द्रबहादुर सिलवाल मिलन
नेत्रावती डवजोङ गा.पा., –हरि अधिकारी आशिष
गंगाजमुना गा.पा., –नवराज अधिकारी
गजुरी गा.पा., –हरि डल्लाकोटी
ज्वालामुखी गा.पा., –दिपक विश्वकर्मा
गल्छी गा.पा., –नारायण लामिछाने
धुनीबेसी नगरपालिका –सरला धमला