धादिङ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङमा वडा र पालिका भेलाको तयारी गरेको केन्द्रिय उप सभापति एवम् संघीय सांसद डोलप्रसाद (डीपी) अर्यालले धादिङपोष्टलाई जनकारी दिए ।
प्रदेश समिती बिस्तार सकिएकोले अब वडा, पालिका र निर्वाचन क्षेत्र समितिहरु गठन गर्ने केन्द्रिय कार्यक्रम तालिका अनुसार धादिङमा वडा, पालिका र निर्वाचन क्षेत्र समितिको भेलाको तयारी गरिएको उनले बताए ।
उप सभापति अर्यालका अनुसार पालिका भेला कम्तिमा ५५ सदस्यको उपस्थिति र वडा भेला कम्तिमा ३३ सदस्य को उपस्थिति रहनुपर्ने पार्टीको नीति अनुसार तयारीको लागि धादिङमा सम्पर्क व्यक्तिहरु त्योकिएको र सबै भेलाहरुमा आफ्नो उपस्थिति रहने उनले बताए । वडा, पालिका र निर्वाचन क्षेत्र समिती बनिसकेपछी सभापति रबि लामिछानेको उपस्थितिमा जिल्ला सभा हुने उनले बताए ।
धादिङमा भेला गर्न त्योकिएका सम्पर्क व्यक्तिहरु
9851279718 (surya )
9851151597(rajan)
9851276401 (bibas)
9851137916 (upendra )
9863666261 (kalpana )
984-9287005 (rajendra )
9843489262 (himesh )