धादिङ स्पोर्ट्स क्लबले महिला भलिबलमा तेस्रो हुँदै १ लाख जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १६, २०७९

धादिङ । न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा फागुन ९ गतेबाट सुरु भएको बागमती प्रदेश न्यू डायमण्ड कप यू(१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा धादिङ स्पोर्ट्स क्लब तेस्रो हुँदै १ लाख जित्न सफल भएको छ ।

आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले फाइनलमा एभरेस्ट मावि बुटवललाई ३-१ को सेटमा पराजित गर्दै ५ लाख आफैले राख्न सफल हुँदा उप विजेता बनेको एभरेस्टले २ लाख ५० हजारमा चित्त बुझायो भने तेस्रो भएको धादिङ स्पोर्ट्स क्लवले १ लाख पाउँदा चौथोमा रोकिएको ब्राइट फ्युचर मावि सलकपुर मोरङले ५० हजारमा चित्त बुझायो ।

डायमण्डकी जेनिशा विश्वकर्मा च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले २५ हजार र ट्रफी प्राप्त गरिन् । धादिङकी सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भइन् । उनले १५ हजार रुपैया र ट्रफी हात पारिन् ।

डायमण्डकी सलिना बुढामगर उत्कृष्ट सर्भर, डायमण्डकै प्रगति नाथ सेटर, डायमण्डकै एन्जिला प्रधान उत्कृष्ट डिफेन्डर र डायमण्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । एभरेस्टकी निशा चौधरी उत्कृष्ट स्पाइकर र ब्राइट फ्युचरकी सोनिया बस्नेत उत्कृष्ट ब्लकर घोषित भइन् । उनीहरु सबैले समान १० हजार रुपैया र ट्रफी प्राप्त गरे ।

धादिङ स्पोर्ट्स क्लबबाट यी खेलाडी सहभागी थिए