बेनीघाट रोराङले लोकगीत प्रतियोगिता गरी अन्तराष्ट्रिय महिला दिवस मनाउने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १६, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले अन्तराष्ट्रिय महिला दिवसको दिन फागुन २४ गते लोक दोहोरीगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । वडा नम्बर २ स्थित सिमथलिमा रहेको प्रजा आधारभुत विद्यालयमा उक्त प्रतियोगिताको साथ विभिन्न कार्यक्रम गरि गाउँपालिकाले अन्तराष्ट्रिय महिला दिवस मनाउन लागेको हो ।

लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार भन्ने नाराका साथ मनाईने उक्त दिवसको अवसरमा हुने लोक दोहोरी प्रतियोगिताको लागि १० वटै वडाका आमा समुह, महिला सहकारी, महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई उपस्थिको लागि गाउँपालिकाले आव्हान समेत गरेको छ ।

राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने उक्त ११३ औं अन्तराष्ट्रिय महिला दिवस अवसरमा आयोगित लोक दोहोरीगीत प्रतियोगितामा भाग लिन इच्छुकलाई गाउँपालिकाले २१ गते सम्म सम्पर्क गर्न आग्रह गरेको छ भने