शिक्षक संघ धादिङको अध्यक्षका लागि शिवहरि अधिकारीको दावी

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १६, २०७९

धादिङ । नेपाली कांग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ धदिङको नवौं जिल्ला अधिबेशन यहि फागुन १९ र २०गते नीलकण्ठ माध्यामिक विद्यालयको प्राङ्गणमा सम्पन्न हुँदैछ ।

सबै पालिका अधिवेशन सकेर हुने यस नवौं जिल्ला अधिबेशनमा आफुलाई जिल्ला सभातिमा जिताउन शिवहरि अधिकारीले आव्हान गरेका छन् । उनले यस पटक एक पटक भन्ने स्लोगन सहित सामाजिक संजाल मार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । ०५७ सालमा शिक्षक संघको सदस्यता लिएका उनी ०६१ देखि ०६९ सम्म जिल्ला कोषाध्यक्ष बने भने ०६९ देखि ०७३ साल सम्म जिल्ला उपाध्यक्ष बनेका थिए ।

यहि फागुन १९ र २० गते जिल्ला अधिबेशनको मिति सार्वजनिक भएपनि नेत्रावती डवजोङ, गंगाजमुना, रुबीभ्याली, धुनीबेसी र खनियाबासमा अझै शिक्षक संघ धादिङको पालिका अधिवेशन सम्पन्न हुन सकेको छैन । अधिवेशन सम्पन्न भएका पालिकाहरु नीलकण्ठ नगरपालिकाको अध्यक्षमा विष्णु प्रसाद रिजाल, त्रिपुरासुन्दरीमा भिमसेन सडौला, ज्वालामुखीमा शिव प्रसाद अर्याल, सिद्धलेकमा दिपक अर्याल, बेनीघाट रोराङमा कमल रानामगर, गजुरी राम बहादुर कार्की, गल्छीमा पुरुषोत्तम अधिकारी र थाक्रेमा सुरेन्द्र थापा पालिका अध्यक्षमा निर्वाचित भईसकेका छन् ।