धादिङमा बृद्धभत्ता लुट्न कुटपिट गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १६, २०७९

धादिङ । जिल्ला पहरी कार्यालयल धादिङले धादिङ धुनिबेशी ७ नौबिसे स्थित निर्वेश्वर महादेव मन्दिर बस्ने ८४ वर्षिय बलराम उप्रेतीलाई बृद्धभत्ता लुट्न कुटपिट पछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ३७ वर्षिय पुरुषोत्तम बाँनियालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारका अनुसार आरोपित बानियाले बृद्ध उप्रेतीसंग भएको नगद लुट्न खोज्दा दुबै बिच झै-झगडा हुँदा पुरुषोत्तम बाँनियाले बृद्धलाई निलडाम हुने गरी कुटपिट गरी भागी फरार भए भने बृद्ध उप्रेतीको उपचारको क्रममा मृत्यु भएको थियो ।

अभियुक्त पुरुषोत्तम बाँनियालाई पक्राउ गरी धादिङ जिल्ला अदालतबाट दिन १० को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको उनले बताए ।