बागमती प्रदेशको बृहत् खेलकुद चैत २४ देखि हुने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १५, २०७९

धादिङ । बागमती प्रदेश खेलकुद परिषद्ले दोस्रो संस्करणको बृहत् प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

उक्त प्रतियोगितामा सहभागी खेलाडीहरु छनोट गरि पठाउन बागमती प्रदेश खेलकुद प्ररिषदले जिल्ला खेलकुल विकास समितिहरुलाई पत्रचार गरि सको छ । पहिलो संस्करण तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबल खेलहरु रहेको थियो भने दोेस्रो संस्करणमा उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी थप भएका छन् ।

प्रदेशबाट परिपत्र आई सकेको छ, हामी अब केहि दिन मै बैठक बसेर खेलाडी छनोट गर्ने मिति तय गर्ने जिल्ला खेलकुद विकास समिति धादिङका प्रताप तामाङले बताए । गत वर्ष पहिलो संस्करण खेलहरु पुरुष फुटबल, ब्याडमिण्टन, तेक्वान्दो मकवानपुरमा, एथ्लेटिक्स काठमाडौमा, कराँते सिन्धुपाल्चोकमा, भलिबल र क्रिकेट चितवनमा, महिला फुटबल र बक्सिङ काभ्रेपलान्चोमा भएका थिए भने दोस्रो संस्करणका खेलहरु कहाँ कहाँ हुने भन्ने सार्वजनिक भैसेको छैन ।