कास्की विरुद्धकाे अन्तिम खेलमा ६ विकेटले धादिङ विजयी

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १४, २०७९

पाेखरा । क्रीकेटमा अब्बल मानिने कास्की र धादिङ बीच तीन खेलकाे टी २० सिरिज सम्पन्न भएकाे छ । सिरिजकाे आयाेजना जिल्ला क्रीकेट संघ कास्कीले गरेकाे थियाे ।

क्यानकाे मान्यता प्राप्त गरि नसकेकाे धादिङले सुरुका दुई खेलमा प्रदर्शन राम्रो गर्न नसके पनि सिरिजकाे अन्तिम खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै कास्कीलाई ६ विकेटले पराजित गरेकाे थियाे ।

सिरिजकाे अन्तिम खेलमा टस जित्दै ब्याटिङ राेजेकाे कास्कीले धादिङको उत्कृष्ट बलिङ सँगै अलअाउट हुँदै सामान्य ११० रनकाे टार्गेट दिएकाे थियाे । कास्कीकाे उक्त टार्गेट पूरा गर्न धादिङका टिम क्याप्टेन अमृत थापाले ३८ रन, आरम्भ तिमल्सिनाले ३३ रन, सुदिप घिमिरेले १६ रन, काैशल रुपाखेती ६ रन, उज्वल थापाले ५ रन लिएका थिए ।

उक्त प्रतियाेगितामा सहभागी भएका खेलाडीलाई हाैसला प्रदान गर्न जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ पाेखरा आएका थिए भने धादिङ पाेखरा सम्पर्क समाज र धादिङ ग्रामीण यातयात धादिङ प्रालिले सहयाेग गरेका थिए ।