
पाेखरा । धादिङबाट कास्की सँग तीन खेलकाे टी २० सिरिज खेल्न पाेखरा पुगेका धादिङका क्रीकेट खेलाडीलाई धादिङ पाेखरा सम्पर्क समाजले पाेखरामा स्वागत गरेकाे छ ।
समाजका अध्यक्ष राजु पाण्डे, पुर्व अध्यक्ष कृष्ण लम्साल, समाजका पदाधिकारी तथा सदस्यहरुले धादिङका खेलाडीलाई खादा ओढाएर सम्मान गरेका हुन् ।
खेलाडीलाई हाैसला दिन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, धादिङ जिल्ला क्रीकेट संघका अध्यक्ष दिपेश कडेल लगायतकाे टिम समेत खेलाडी सँगै पाेखरा अाईपुगेकाे छ ।
क्यानबाट मान्यता प्राप्त गर्न पहल गरि रहेका छाैं । धादिङ बागमती प्रदेश सरकारले गत वर्ष आयाेजना गरेकाे प्रदेश स्तरीय प्रतियाेगिताकाे उपविजेता बनेकाे जिल्ला र नियमित क्रीकेट गतिविधि गर्दै आएका पनि छाै। तसर्थ निकट भविश्मै धादिङले क्यानकाे मान्यता पाउने अध्यक्ष कडेलले बताए ।
यी हुन्, धादिङबाट कास्की सँग तीन सिरिज टी २० खेल्न आएका खेलाडीहरु
१. अमृत थापा, त्रिपुरासुन्दरी
२. कौशल रुपाखेती, धुनीबेसी
३. अमृत लम्साल, नीलकण्ठ
४. उज्वल थापा, गजुरी
५. अनिल थापा, गल्छी
६. आरम्भ तिमल्सिना, सिद्धलेक
७. एन्जल सिलवाल, बेनीघाट रोराङ
८. मनोज रोक्का, नीलकण्ठ
९. सुदिप घिमिरे, गजुरी
१०. प्रनित भट्ट, धुनीबेसी
११. सचिन श्रेष्ठ, ज्वालामुखी
१२. समिर तिमल्सिना, धुनीबेसी
१३. श्रीकृष्ण उपाध्याय, त्रिपुरासुन्दरी
१४. रविन्द्र नेपाल, गल्छी