धादिङका क्रीकेट खेलाडी पाेखरा प्रस्थान बेनिघाट राेराङद्वारा विदाई

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १२, २०७९

धादिङ । धादिङ र कास्की बीच हुने मैत्रीपूर्ण टी २० सिरिजका लागि धादिङका खेलाडीहरु पाेखरा प्रस्थान गरेका छन् । उनीहरुलाई बेनीघाट राेराङ गाउँपालिकाले विदाई गरेकाे छ ।

फागुन १३ र १४ गते दुई दिन कास्की सँग पोखरामा टी २० का तीन खेल खेल्न धादिङका खेलाडीहरु पाेखरा प्रस्थान गरेका हुन् । उक्त सिरिज खेल्न धादिङ जिल्ला क्रीकेट संघले दुईसाता अघि खेलाडी छनाेट गरेकाे थियाे ।

धादिङ टीमका खेलाडीहरु
१. अमृत थापा, त्रिपुरासुन्दरी
२. कौशल रुपाखेती, धुनीबेसी
३. अमृत लम्साल, नीलकण्ठ
४. उज्वल थापा, गजुरी
५. अनिल थापा, गल्छी
६. आरम्भ तिमल्सिना, सिद्धलेक
७. एन्जल सिलवाल, बेनीघाट रोराङ
८. मनोज रोक्का, नीलकण्ठ
९. सुदिप घिमिरे, गजुरी
१०. प्रनित भट्ट, धुनीबेसी
११. सचिन श्रेष्ठ, ज्वालामुखी
१२. समिर तिमल्सिना, धुनीबेसी
१३. श्रीकृष्ण उपाध्याय, त्रिपुरासुन्दरी
१४. रविन्द्र नेपाल, गल्छी