माओवादी केन्द्र धादिङको २ महिने अभियान उद्घाटन

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १२, २०७९

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र ) जिल्ला समन्वय समिति धादिङले “दुई महिने संगठन तथा जनसम्बन्ध शुदृढ अभियान” उद्घाटन भएकाे छ ।

बिहिबार धादिङबेसीमा आयाेजित तेस्रो बिस्तारित बैठक सँगै उक्त संगठन तथा जनसम्बन्ध सुदृढ अभियानकाे उद्घाटन गरिएकाे थियाे । उद्घाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

प्रमुख अतिथि सापकाेटाले अब सबै नेता तथा कार्यकर्ता जनताकाे घरदैलाे पुग्ने हाे, जनताका गुनासाहरु एक एक गरेर सुन्ने हाे । जनताबाट कटेर हामी कम्युनिस्ट बन्न नसक्ने बताएका थिए । कार्यक्रममा जिल्ला ईन्चार्ज एवम् बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेलले पार्टीका सैबै जनवर्गीय संगठनहरु, माेर्चाहरु सक्रिय हुन निर्देशन गर्दै काम नगर्नेलाई जिम्मेवारीबाट हटाई काम गर्न सक्नेलाई जिम्मेवारी दिईने बताएका थिए ।

जिल्ला संयाेजक मनराज भण्डारी (शैलेस) काे सभापतित्वमा भएकाे उक्त अभियान उद्घाटन कार्यक्रमकाे संचालन जिल्ला सचिव दिपक लामिछानेले गरेका थिए ।