धादिङमा राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन आज उद्घाटन हुँदै

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १२, २०७९

धादिङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आजदेखि धादिङबेसीमा सुरुहुँदै छ भने उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने छन् ।

फागुन १२ देखि १४ गतेसम्म चल्ने महादिवेशनको उद्घाटन उपप्रधान मत्री विष्णु पौडेलले गर्ने भनिएपनि अन्तिम समयमा नभ्याउने जनाएपछि बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्ने फिक्स भएको प्रचार प्रसार समितिका संयोजक कृष्ण शिसिरले धादिङपोष्टलाई बताए ।

२०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति रहेको छ ।महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्ने बताईएकाे छ ।

उद्घाटन सत्र सकेर आजै बेलुका बन्दसत्र सुरु हुने छ र निर्वाचन प्रक्रिया सुरु गरिने कार्यतालिका रहेको छ । १३ गते मतदान र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने तयारी रहेको छ । याे महादिवेशनमा धादिङको चेली एवम् उपाध्यक्ष रिता थापामगरले अध्यक्षमा उम्दवारी दिने घाेषणा गरेकी छिन् ।