
धादिङ । राज्यपक्षबाट माओवादीको आशंकामा अाजैका दिन अर्थात २१ वर्ष अघि फागुन ११ गते ३५ जना मजदुरको शाही सेनाले हत्या गर्दा धादिङका मात्रै १७ जना परेका थिए । विगतका वर्षहरुमा जस्तै यस वर्ष आज सहिद परिवारलाई सम्मान गर्दै मजदुर बलिदानी दिवस मनाएकाे छ ।
विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा र धुषाबाट कालिकोटको कोटवाडा पुगेका १७ जना र देशका अन्य जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन ११ गते शाहीसेनाले गोली हानी सामूहिक हत्या गरेकोगरेकाे थियाे ।
कालिकोटको कोटवाडामा बनिरहेको सुनथराली विमानस्थल निर्माणका लागि धादिङ, रामेछाप, सिन्धुली, गोरखा, सिन्धुपाल्चोक र काभ्रेलगायतका जिल्लाबाट मजदुर लगिएको थियो । गरिबीको चपेटामा परेर जीवन निर्वाहका लागि काम खोज्दै कालिकोट पुगेका ती मजदुरलाई सेनाले माओवादीको आशंकामा अन्धाधुन्द गोली बर्साई हत्या गरेको थियो ।
यी हुन् कोटबाडामा मारिएका धादिङका १७ जना
दीलबहादुर चेपाङ, भीमबहादुर मगर, बुद्धराज चेपाङ, विकास चेपाङ, मञ्जु थापामगर, सानोकान्छा चेपाङ, राजकुमार विश्वकर्मा, चित्रबहादुर चेपाङ (तिलु), कुम्ले चेपाङ, शेरबहादुर चेपाङ, रामबहादुर चेपाङ, टंकबहादुर गुरुङ, गोकर्ण गुरुङ, सानुकान्छा विश्वकर्मा, टेकबहादुर विश्वकर्मा, ज्ञानबहादुर थापा मगर, राजकुमार श्रेष्ठ ।