एड्भान्सले जित्यो, भिमसेन स्मृति कप भलिबल

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ९, २०७९

धादिङ । धादिङबेसीमा नीलकण्ठ माध्यामिक विद्यालयले आयेजाना गरेको भिमसेन स्मृति कप भलिबल प्रतियोगिताको उपाधी धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जितेको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भिमसेन कुमार श्रेष्ठको स्मृतिमा आयोजित उक्त भलिबल प्रतियोगिताको उप विजेता पशुपति मावि बन्न सफल भयो भने तृतिय स्थान आयोजक विद्यालय नीलकण्ठ माविले सुरक्षित गरेको थियो ।

प्रतियोगिता जिते सँगै एड्भान्स एकेडेमीले नगद ३० हजार सहित ट्रफी र प्रमाण पत्र, दोस्रो बनेको पशुपति माविले नगद २० हजार सहित ट्रफी र प्रमाण पत्र, तृतिय बनेको नीलकण्ठ माविले नगद १३ हजार सहित ट्रफी र प्रमाण पत्र पाए भने सहभागि विद्यालयहरुलाई खाजा खर्च भनेर ५–५ हजार छुट्टै प्रदान गरिएको थियो ।

नीलकण्ठ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रदेश सांसद गोविन्द लम्सालको सभापतित्वमा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहको प्रमुख आतिथ्यता नीलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाको रहेको थियो । कार्यक्रमको औचित्य प्रष्ट पार्दै सहभागि अतिथिहरुलाई विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।