धादिङ र सिन्धुपाल्चोकमा एउटै नामको दुई गाउँपालिका

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ४, २०७९

धादिङ । बागमती प्रदेश अन्तरगत धादिङ र सिन्धुपाल्चोकमा एउटै नामका दुई गाउँपालिका छन् । धादिङ र सिधुपाल्चोकमा त्रिपुरासुन्दरी एउटै नामका गाउँपालिका रहेका हुन्। दुबै जिल्लामा त्रिपुरासुन्दरी माईको नामबाट पालिकाको नामाकरण भएको हो ।

धादिङको त्रिपुरासुन्दरी ७ वटा वडा मिलेर बनेको छ भने, अध्यक्षमा राजु उप्रेती छन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ६ वटा वडा मिलेर बनेको छ भने अध्यक्षमा भक्तध्वज बोहरा छन् । संयोग यी दुबै पालिका अध्यक्ष नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका
धादिङको त्रिपुरासुन्दरी गाँउपालिकाको नामाकरण साविकको सल्यानकोट गा.वि.स मा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको हो । त्रिपुरासुन्दरी गाँउपालिका मा जम्मा सात वटा वडाहरु रहेका छन्। जिल्ला सदरमुकाम धादिङबेसीबाट ३० किलोमीटर उत्तरपश्चिम तर्फ अवस्थित यस गाउँपालिका, ८४.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । देश को पुनसंरचना संगै वि.स. २०७३ सालमा साबिकको जम्मा पांच ओटा गाविसहरु (सल्यानटार ,आगिन्चोक,मुलपानी ,सल्यानकोट र त्रिपुरेश्वर) समाबेश गरी नेपाल सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिकाको रुपमा स्थापना भएको हो ।

सिधुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका
हरिया पहाडहरु र जुगल अनि गौरी शंकर हिमाललाई नियान्न सकिने त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाउँपलिकाको कुल क्षेत्रफल ९४.२८ वर्ग कि.मी. छ र यसले नेपालकाे भू-भागकाे ०.०६४ प्रतिशत ओगटेकाे छ । याे गाउँपालिका काठमाडाैंबाट ८३.६ कि.मी. उत्तर पूर्व, चाैताराबाट ५० कि.मी. पूर्व र बाह्रबिसे बजारबाट २ कि.मी. पर्दछ ।