सिद्धलेकमा फागुन ६ गते शिवरात्रीमा हास्य सहित दर्जन कलाकार ल्याईदै

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ४, २०७९

धादिङ । धादिङको आन्तरिक तथा वाह्य पर्टकिय गन्तव्यका रुपमा विकास हुँदै गरेको सिद्धलेकमा यहि फागुन ६ गते महाशिवरात्रिको अवसरमा धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।

सिद्धलेक ढेवा डाँडा समाज नेपालको आयोजना हुनलागेको उक्त कार्यक्रममा लोक गायक कुलेन्द्र विक, सुमन परियार, बालचन्द्र बराल, लोक गायीका सुमन थापा मगर, हास्य कलाकार बेगम नेपाली (भट्भटे), मनराज श्रेष्ठ, मोडल टिका भुजेल, सिर्जना खत्री, मनराज श्रेष्ठ, बिन्दा परियार, प्रदिप बराईली, सिर्जन खत्री, सोभित श्रेष्ठ, प्रवेश श्रेष्ठ, प्रमोद खनाल लगायतका कलाकार आउने भएका हुन् ।

गतसालको शिवरात्री मेलामा २ लाख ५० हजारमा तिरेर इन्द्रेणी टिम ल्याएको आयोजक सिद्धलेक ढेवा डाँडा समाजले यो पटक भने राष्ट्रिय कलाकारहरुको प्रस्तुती सँगै गोधुलि साँस्कृतिक परिवारलाई स्थान दिएको छ । धादिङका साविकाका ५० गाविस मध्य सल्यानटार बाहेकका ४९ वटा गाविस देखिने १५२५ मि. अग्लो सिद्धलेकबाट उत्तरी गोरखा, मकवानपुर, नुवाकोट, काठमाडौंको थानकोट समेत देख्न सकिने मनोरम स्थल हो ।