ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ४, २०७९

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार आज धुनिबेसी ८ खानीखोलामा टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक गौतमका अनुसार काठमाडौबाट गजुरीतर्फ आउँदै गरेको बा २ क ५६३३ नम्बरको टिप्परले ठक्कर दिदा धुनिवेशी-६ गैरीगाँउका ६५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको हो ।

यस्तै खानीखोलामा बसले कारलाई ठक्कर दिँदा धुनिबेसी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी घाईते भएका छन् । बा २० च ६६७० नम्बरको कारमा रहेका वडाध्यक्ष रेग्मी सवार कारलाई काठमाण्डौबाट गजुरीतर्फ आउँदै गरेको ना ५ ख १५६० नम्बरको बस ठक्कर दिएको थियो ।