माओवादी केन्द्र धादिङका नेता कर्मालामा पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ४, २०७९

धादिङ । नेकपा (माओवादी.) केन्द्र धादिङका जिल्ला कमिटी सदस्य तथा पार्टीका रुवी भ्याली गाउँपालिका इञ्चार्ज कर्मा लामा तामाङ पक्राउ परेका छन् । धादिङबेसी स्थित एक होटलमा चिया खाई रहेको अवस्थामा साधापोशाकमा आएका प्रहरीहरुले उनलाई विना पुजी पक्राउ गरि लगेका हुन् ।

उहाँको नाममा पुरानो मुद्धा रहेकोले प्रहरीको खोजिमा उहाँ रहनु भएको थियो, त्यसैले बुधबार बेलुका पक्राउ गरिएको हो, थप विवरण पछि सार्वजनिक गरिने प्रहरी कार्यालयले जनाएको छ ।

उत्तरी धादिङका अधिकांश माओवादी नेताहरुले झुटा मुद्धा खेपीरहेका छन् । प्रतिशोध र माओवादीलाई कमजोर बनाउने योजना अनुरुप नेता तथा कार्यकर्ता माथि लगाईएका झुटा मुद्धा खारेज गर्न पार्टी केन्द्रमा समेत यो कुरा राखेका हौं तर कार्यान्वयनमा नजाँदा उत्तरी धादिङ नेतृत्व विहिनको अवस्था आउन सक्ने माओवादी उत्तरी धादिङका एक नेताले बताए ।