धादिङ थाक्रेबाट चितुवाको छाला सहित दुईजना पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ३, २०७९

धादिङ । धादिङको थाक्रे गाउँपालिका आग्रा मोरिया सडक खण्डमाबाट चितुवाको छाला लिएर महादेवबेसी तर्फ आई रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १. मकवानपुर कैलाश गा.पा.वडा नं. १ चापाखर्कका दिपक मोक्तान र सोही सोही ठेगाना भएका सुविन्द्र मोक्तान रहेका छन् ।

बरामद गरिएको चितुवाको छाला
शिर देखी पुच्छर सम्म ७ फिट लम्वाई, अगाडीको बायाँ खुट्टा देखी दायाँ खुट्टा सम्म सिधा भुईमा सुताएर नाप्दा ४ फिट ६ ईन्च, पछाडीको बायाँ खुट्टाको टुप्पो देखी खुट्टा सम्म ४ फिट ४ ईन्च, बिचको पेटको भाग १ फिट ८ ईन्च चौडाई र पुच्छर २ फिट १० ईन्च लम्बाई भएको पुच्छर सहितको संरक्षित चितुवाको छाला थान–१ ।