धुनिबेसीको राष्ट्रपति रनिङ शिल्ड आजबाट यस्तो छ तयारी

Avatar photo
Dhadingpost
बिहिबार, माघ २६, २०७९

धादिङ । धादिङको धुनिबेसी नगरपालिकाले नगर स्तरीय बह्रौं राष्ट्रपति रनिङ शिल्ड आजबाट सुरुगर्दै छ । धुनिबेसीले यो प्रतियोगिता सम्पन्न गर्नका लागि ८ वटा उपसमितिहरु (मुल उपसमिति, भलिबल, कबड्डी, कराते, दौड, सटपुट, प्रमाण पत्र व्यवस्थापन, मञ्च तथा खाजा व्यवस्थापन) बनाएर पचिालन गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड कार्यविधिले ठोस गरेका खेलहरु मध्य उसु धुनिबेसीमा हुँदैन अन्य सबै खेल हुने दिपेन्द्र रेग्मीले धादिङपोष्टलाई बताए । आजबाट खेल सुरुहुन्छ, उद्घाटन सामान्इ तरिकाले गरिएपनि २९ गते प्रतियोगिता समापन तथा पुस्कार वितरणलाई भव्य कार्यक्रमका रुपमा सम्पन्न गरिने बताईएको छ ।

२९ गते हुने उक्त कार्यक्रममा नगरपालिका भित्रका जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भई मेडल जित्ने सबै खेलाडीलाई नगद सहित सम्मान गर्ने तयारी समेत धनिबेसीले गरेका छ ।