विद्यालय तहबाटै व्यवसायीक शिक्षामा जोड गर्दैछौं -मुख्यमन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
बुधबार, माघ २५, २०७९

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विद्यालय तहबाटै अब व्यवासयीक शिक्षालाई जोड गर्ने तयारीका विषयमा बागमती प्रदेश सरकार छलफलमा रहेको बताएका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी पोखरामा रहेको महेन्द्रोदय माध्यमिक विद्यालय ६५ औं वार्षिक उत्सव समारोहमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन गर्नुपर्ने बताएका हुन् ।

कपाल काट्ने मान्छे छैन, फर्निचरका मान्छे छैनन्, राम्रो सँग वाल लगाउने मान्छे छैनन्, राम्रो सँग व्यवासायीक सिप हामी सँग छैन हामी काम चलाउ मै छौं तसर्थ अब विद्यालयलाई कसरी व्यवसायीक शिक्षा अर्जन गर्ने ठाउँका रुपमा विकास गर्ने भन्ने छलफल बागमती प्रदेश सरकार रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

पढेलेको जनशक्ति हामी सँग प्रयाप्त छ, तर धानमा रोग लाग्छ, पशु पंछीमा रोग लाग्छ यसको समाधान हुँदैन । हो अब व्यवसायीक शिक्षा विद्यालय तहबाटै सुरु गर्ने तयारीमा बागमती प्रदेश सरकार रहेको उनले बताए । तस्वीर राजन अधिकारी