नलाङ रेडक्रसमा एमालेको विरासत ढल्यो, माओवादीका गुरुङ विजयी

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २४, २०७९

धादिङ । यतिबेला नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाधादिङको उपशाखाहरुको अधिवेशनहरु जारी छन् । यसै क्रममा सिद्धलेक गाउँपालिका अन्तरगत रहेको नलाङ उपशाखामा एमालेको विरासत ढलेको छ । एमालेको विरासद ढाल्न कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएर चुनावी मैदानमा उत्रिएका थिए ।

नलाङ उपशाखाको सोमबार सम्पन्न निर्वाचनमा माओवादीले सभापति, उप सचिव, महिला सदस्य र १ खुल्ला सदस्य, एकीकृत समाजवादीले उप सभापति, कोषाध्यक्ष, उप कोषाध्यक्ष र १ खुल्ला सदस्य, कांग्रेसले सचिव र २ खुल्ला सदस्य लिने गरि सहमति गरेर निर्वाचनमा गए सँगै एमालेको विरासत ढलेको हो ।

कस्ले कति कति भोट ल्याएर चुनाव जिते ?
सभापति
अमृतकुमार गुरुङ ५५ मत विजयी (माओवादी केन्द्र)
चेतनाथ सिलवाल ४४ मत (एमाले)
महिला उपसभापति
कृष्णमायाँ अर्याल ५६ मत विजयी (एकीकृत समाजवादी)
रमा रुपाखेती ४२ मत (एमाले)
सचिव
रामप्रसाद रेग्मी ५३ मत विजयी (नेपाली कांग्रेस)
रामहरी खनाल ४४ मत
कोषाध्यक्ष
कृष्ण मान श्रेष्ठ ५७ मत विजयी (एकीकृत समाजवादी)
शिवराम रेग्मी ४१ मत एमाले
उप सचिव
धन नारायण श्रेष्ठ ५५ मत विजयी (माओवादी केन्द्र)
होमनारायण श्रेष्ठ एमाले
उप कोषाध्यक्ष
प्रमोद अर्याल ५५ मत विजयी (एकीकृत समाजवादी)
सोमनाथ पौडेल ३९ मत एमाले
महिला सदस्य
देउती तामाङ ४५ मत (माओवादी केन्द्र) गोलाबाट विजयी
रिता नेपाल ४५ मत एमाले
खुल्ला सदस्य ४ जना
रमेश नेपाल ५२ मत विजयी (एकीकृत समाजवादी)
शालिकराम अर्याल ५४ मत विजयी (माओवादी केन्द्र)
भिमकान्त सिलवाल ५५ मत विजयी (नेपाली कांग्रेस)
रञ्जितकुमार सिलवाल ५४ मत विजयी (नेपाली कांग्रेस)
कमलबहादुर गुरुङ ४२ मत (एमाले)
तिलक सिंखडा ३९ मत (एमाले)
टंक खनाल ४४ मत (एमाले)
पदमनाथ रेग्मी ३८ मत (एमाले)