त्रिपुरासुन्दरीमा अध्यक्ष कप भलिबल प्रतियाेगिता सम्पन्न

Avatar photo
सन्जु श्रेष्ठ
आइतवार, माघ २२, २०७९

धादिङ । धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिताकाे उपाधी वडा नम्बर ७ ले जितेकाे छ । अध्यक्ष कपकाे याे चाैथाे संस्करण हाे ।

रानिपौवा माध्यमिक विद्यालय सल्यानटारकाे व्यवस्थापनमा आज सम्पन्न भएको अध्यक्ष कपमा वडा न २ दाेस्रो र वडा १ तृतीय भए । पुरस्कृत टिमलाई क्रमशः २७, १८ र ९ हजार शिल्ड, मेडल र ट्रफी प्रदान गरिएकाे थियाे ।

राष्ट्रपति रनिङ शिल्ड सँगै गर्ने भनिएकाे याे प्रतियाेगिता विवादका कारण राेकिएकाे थियाे । अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरुबाट विवाद समाधान गरि खेल आज गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर खतिवडा, लगायत सम्पुर्ण वडाका अध्यक्ष हरु उपस्थिती रहेको थियो । कार्यक्रममा वडा न ७ का खेलाडी अमन घले उत्कृष्ट खेलाडी चयन भएका थिए । धादिङपाेष्टका लागि तस्बिर साैजन्य दिलिप श्रेष्ठ